ईश्वर पोखरेल सहित दुई जना पक्राउ

  • मिति : चैत्र ३१, २०८१
2.5K Shares

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ घर भएका ३५ वर्षीय ख्याम खड्का र मोरङको ग्रामथान गाउँपालिका–६ घर भएका ईश्वर पोखरेल छन् ।

खड्काले युके पठाउँछु भनेर ३६ लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए । २३ वर्षीय पोखरेलले क्यानडा पठाउँछु भनेर १० लाख ५१ हजार रकम असुलेको पाइएको छ ।