काठमाडौंबाट ककनीसम्म अल्ट्राभोइलेट टेष्ट राइड, अफरोड र अनरोड अनुभव एकैसाथ

काठमाडौं । काठमाडौंदेखि ककनीसम्म हुने ‘अल्ट्राभोइलेट टेष्ट राइड’ भोली अर्थात चैत ३० गते (शनिबार) आयोजना हुँदैछ। टेष्ट राइडको उद्घाटन नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती गर्नेछन भने  हास्यकलाकार हिमेश पन्त समेत सहभागि हुने छन्।

केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाका अनुसार राइड काठमाडौंको नक्सालस्थित शोरुमबाट सुरू भई नागपोखरी–लैनचौर–बालाजु–मुड्खु हुँदै ककनीमा पुगेर समापन हुनेछ।

उक्त राइडमा अल्ट्राभोइलेटसँगै २५० सीसी माथिका अन्य कम्पनीका बाइक लिएर राइडरहरूले पनि सहभागी हुन सक्ने कोइरालाले जानकारी दिए। अफरोड र अनरोड दुवैको अनुभव दिलाउनका लागि यो टेष्ट राइड आयोजना गरिएको उनले बताए।

राइडका लागि आवश्यक पर्ने बाइक र पेट्रोलको खर्च सहभागी राइडरहरूले आफैं व्यवस्था गर्नुपर्नेछ भने अन्य खर्च कम्पनीले व्यहोर्ने कोइरालाले स्पष्ट पारे।

नेपाली बजारमा अल्ट्राभोइलेट एफ७७ को मूल्य १० लाख ७५ हजार रुपैयाँ रहेको छ।