चिनियाँ राजदूत छन र पूर्वप्रम खनाल बिच भेट

  • मिति : फाल्गुन १५, २०८०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का  सम्मानित नेता तथा पूर्व प्रधानमनत्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच आज बिहान भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा उनीहरुबिच शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा उनीहरूबिच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए।