गोर्खाज फाइनान्सको साधारण सभामा प्रोमोटर सेयर पब्लिकमा कन्भर्ट गर्ने विशेष प्रस्ताव , लाभांश छैन्

2.1K Shares
काठमाडौं ।  गोर्खाज फाइनान्स लिमिटेडको वार्षिक साधारण सभा आज  बस्दैछ । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बित्तीसपुतली, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
साथै, पुँजी संरचना परिवर्तन गरेर संस्थापक समूहको ५१ र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पेश हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन १७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।