ओलीसँग ६० प्रतिशत कुरा मिलिसक्यो : माधव नेपाल

2.5K Shares

माधव नेपाल ले भने ‘ओलीसँग ६० प्रतिशत कुरा मिलिसक्यो, ४० प्रतिशत मिल्न बाँकी छ’, जहरसिंहपौवाको वनभोजमा माधव नेपालले महिला कार्यकर्तासँग यो प्रसंग सुनाउँदै गर्दा छेवैमा झलनाथ खनाल उनीतिर टुलुटुलु हेर्न थाले ।

प्रसंग ८ मार्चको अवसरमा शुक्रबार नेकपा एकीकृत समाजवादी समर्थित अनेमसंघको वनभोज थियो । सम्मानित नेता खनाल जहरसिंहपौवा पुग्दा पार्टी अध्यक्ष नेपाल परिवर्तित घटनाक्रमबारे बताइरहेका थिए ।

नेपालले ओलीसँग मिलेका ६० प्रतिशत विषय के हुन् भन्नेबारे व्याख्या गरेनन् । बरु वीरगञ्जमा स्ववियु चुनाव जितेको, जेल परेको लगायत इतिहासको चर्चा गरे । एमाले–एकीकृत समाजवादीका नेतामात्रै होइन, अरु दलहरुमा पनि को पहिले जन्मेको, को पहिले पार्टी सदस्य भएको, जेल परेको वा केन्द्रीय समितिमा आएको भन्ने वादविवाद चलिरहन्छ । विगतमा नेपाल, खनाल, ओली, सीपी मैनाली आदि नेताहरुका बीचमा पनि यस्तो खालको छलफल चल्ने गर्थ्यो ।