बागलुङको ताराखोला गाउँपालिकाका महिलाले खोले गाउँमै ढाका उद्योग

5.9K Shares

काठमाण्डौ | बागलुङको ताराखोला गाउँपालिकाका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले सामूहिकरूपमा ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछि ताराखोला –२ अर्गलका महिला सामूहिकरूपमा ढाका उत्पादनमा लागेका हुन् ।

गएको वर्ष फागुनमा एक महिना तालिम लिएपछि सात लाख रुपैयाँ लगानीमा ताराखोला होजियारी लघुउद्यमी समूहमार्फत सातजना महिलाले ढाकाको उद्योग सञ्चालन गरेको समूहकी अध्यक्ष दिलकुमारी घर्तीमगरले बताउनुभयो ।

उद्योगबाट ढाकाका विद्यालय पोशाक, स्वीटर, मफलर, आउटर, ट्राउजर, टोपी र गलबन्दीलगायत सामग्री उत्पादन गर्दै आएको उहाँको भनाइ छ । गाउँपालिकाको ७५ र उद्यमी महिलाको २५ प्रतिशत लगानीमा उद्यम शुरु गरिएको भन्दै अध्यक्ष दिलकुमारी घर्तीमगरले उत्पादन गरेको सामग्री गाउँमै राम्रो खपत भइरहेको बताउनुभयो ।