जनताको मत पाएर जनताकै हुर्मत नलिनू : रवि लामिछाने

  • मिति : कार्तिक २०, २०८३
429 Shares

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जनताले दिएको मतको दुरुपयोग नगर्न चेतावनी दिएका छन् । चितवन जिल्ला समितिको विशेष सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले १८२ सिट प्राप्त गरेपछि पार्टीका नेता–कार्यकर्तामा अहंकार बढेको भन्दै आत्मसमीक्षा गर्न आग्रह गरे ।

‘जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन । मात्तिएका छौं, टुप्पिएका छौं, हो कि होइन ? यसरी हुँदैन,’ उनले कार्यकर्तालाई प्रश्न गर्दै भने, ‘माथिदेखि तलसम्म हामी यति मात्तिएका छौं, यति चढेका छौं कि हामीले मान्छेलाई मान्छे गन्न छाडेका छौं ।’

उनले हिजो पार्टी एक्लै हुँदा घण्टी बोकेर हिँड्ने क्रममा आफूहरू र पार्टीका साथीहरूले विभिन्न अपमान तथा दुःख झेल्नुपरेको स्मरण गरे । पार्टीका साथीहरूमाथि मुद्दा लगाउने, व्यवसायीका पसल बन्द गराउने र अनुगमनका नाममा दुःख दिने काम भएको उनको भनाइ थियो ।

तर, विगतमा आफूहरूमाथि भएको व्यवहारको बदला लिन अहिले पार्टीको शक्ति प्रयोग गर्न नहुने उनले स्पष्ट पारे । ‘त्यसको बदला लिन आज हामी घण्टीको मान्छे हौं भन्दै प्रहरी र प्रशासनलाई राजनीतिक दबाब दिने काम गर्‍यौं भने त्यो चरित्रले हामीलाई धेरै पर लैजाँदैन,’ लामिछानेले भने ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई सधैँ जनताको धरातलमा रहन आग्रह गर्दै कुनै पनि अवस्थामा अहंकार नदेखाउन निर्देशन दिए । ‘हामीले भुइँ टेक्नुपर्छ । भुइँ छोड्नु हुँदैन साथी हो । कुनै हालतमा पनि भुइँ छोड्नु हुँदैन,’ उनले भने ।

लामिछानेले जनताले दिएको ठूलो जनमतलाई जनतामाथि नै दबाब र अन्याय गर्ने माध्यम बनाउन नहुने पनि बताए । ‘जनताले दिएको यो अभिमत जनताको हुर्मत लिनका लागि दुरुपयोग नगर्नुहोला,’ उनले कार्यकर्तालाई सचेत गराउँदै भने, ‘पार्टीले नियालिरहेको छ