तीन महिनामै ९२ खानेपानी आयोजनाको ठेक्का आह्वान, १३ लाख नागरिक लाभान्वित हुने

  • मिति : कार्तिक १९, २०८३
446 Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत विभिन्न जिल्लामा सञ्चालन हुने साना तथा ठूला आयोजनाका लागि ठेक्का प्रक्रिया अघि बढाइएको पूर्वाधारमन्त्री सुनिल लम्सालले जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार कुल १७ अर्ब १५ करोड रुपैयाँ लागतका ती आयोजनाबाट १३ लाख ७२ हजार नागरिक लाभान्वित हुनेछन्। आगामी ३० महिनाभित्र उनीहरूलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने लक्ष्यसहित आयोजना कार्यान्वयन अघि बढाइएको लाम्सालले जानकारी दिए।

गत आर्थिक वर्षमा स्रोत सहमति नपाउँदा खानेपानी आयोजनाका ठेक्का प्रक्रिया अघि बढ्न सकेका थिएनन्। यस वर्ष भने खानेपानी क्षेत्रलाई प्राथमिकतामा राख्दै करिब ४४ अर्ब रुपैयाँसम्मका आयोजनाको खरिद प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। सरकारले २०८७ सालसम्म सबै नागरिकको घरमा सुरक्षित खानेपानी सेवा पुर्‍याउने लक्ष्य लिएको छ।