कस्तो रहनेछ आजको मौसम ?

  • मिति : कार्तिक २, २०८३
565 Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

आज राति देशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सूदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भू–भागमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।