काठमाडौं । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट जीप करिब २०० मिटर तल सुनकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।
जीप खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा चालकसहित चारजना घाइते भएका छन् भने तीनजना बेपत्ता रहेका छन् ।
आइतबार बिहान करिब २:३० बजे काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जीप सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खसेर दुर्घटना भएको हो ।