लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

  • मिति : कार्तिक २, २०८३
531 Shares

काठमाडौं । लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ परेका छन् ।

उनलाई प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरेको जानकारी दिइएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेले भट्टलाई शनिबार साँझ ललितपुरबाट पक्राउ गरिएको जानकारी दिए ।