भदौ २४ देखि युट्युबमार्फत प्रसारण हुँदै ‘मायादेवी’

  • मिति : भदौ १९, २०८३
1.2K Shares

काठमाडौं । नेपाली कथानक सिरियल ‘मायादेवी’ आगामी भदौ २४ गतेदेखि युट्युबमार्फत प्रसारण हुने भएको छ।

सिरियलको कथा तथा निर्देशन उत्तम अधिकारीले गरेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी रुद्रबहादुर थापाले सम्हालेका छन्। त्यस्तै, मुख्य सहायक निर्देशकमा राजु खतिवडा, लेखकमा सागर कार्की र छायांकनमा चक्रबहादुर बराल (बासु) रहेका छन्।

सामाजिक तथा पारिवारिक विषयवस्तुलाई कथाको आधार बनाइएको ‘मायादेवी’ले दर्शकलाई मनोरञ्जनसँगै समसामयिक सन्देशसमेत दिने निर्माण पक्षले जनाएको छ।