काठमाडौं । सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउँदै सिटी एक्सप्रेस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गरिएको हो।
बाढीका कारण प्रभावित समुदायको तत्काल उद्धार तथा राहतसँगै आगामी दिनमा पुनःस्थापनाका लागि समेत सहयोग पुगोस् भन्ने उद्देश्यले सिटी एक्सप्रेस ग्रुपले उक्त आर्थिक योगदान गरेको जनाएको छ।