काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर ३ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको हो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ४ सय ३० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन १० ग्राम सुन २ लाख ६२ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७ सय ६५ रुपैयाँमा झरेको हो। १० ग्राम चाँदीको मूल्य आज ४ हजार ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ थियो।