सेती नदीमा महिलाको शव फेला

  • मिति : असार २५, २०८३
548 Shares

काठमाडौँ : शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा हिलेटारस्थित सेती नदीमा आज बिहान एक महिलाको शव फेला परेको छ । नदीछेउ तैरिरहेको अवस्थामा महिलाको शव फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय नारायण श्रेष्ठले जानकारी दिए । महिलाको पहिचान खुल्न सकेको छैन । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।