काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक खाद्य प्रयोगशालाको उद्घाटन गरेको छ । बुधबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले प्रयोगशालाको उद्घाटन गरेकी हुन् ।
महानगरले खाद्य निरीक्षणलाई थप प्रभावकारी बनाउँदै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्न प्रयोगशालाले सहयोग पुर्याउने जनाएको छ । साथै, उपभोक्ता हित संरक्षण, खाद्यजन्य रोग न्यूनीकरण तथा खाद्य व्यवसायमा गुणस्तर कायम गर्न प्रयोगशालाको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरिएको छ ।