ललितपुरसहित यी २४ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

  • मिति : असार २३, २०८३
548 Shares

काठमाडौं । वर्षासँगै देशका केही जिल्लामा आज (असार २३) आकस्मिक बाढीको जोखिम छ । पूर्वको इलामदेखि सुदूरपश्चिम प्रदेशको कञ्चनपुरसम्मका केही जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

“आज इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, ललितपुर, रोल्पा, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेलधुरा, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ,” महाशाखाले भनेको छ ।

यस दिन देशका केही ठूला नदीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । महाकाली, नारायणी, कर्णालीलगायत नदीको बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । “मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ,” मौसम पूर्वानुमान महाशाखाले भनेको छ ।

b1-1783396179.jpg