विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

  • मिति : जेष्ठ २५, २०८३
633 Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विपक्षी दलको विरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्ति हटाउनुपर्ने र माफी माग्नुपर्ने माग गर्दै निरन्तर संसद अवरोध गर्दै आएका छन् ।