काठमाडौं, २२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । शनिबार (कात्तिक २२) काठमाडौंमा महासंघद्वारा आयोजित ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ मा उनले यस्तो माग गरेका हुन् ।
उनले आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नगरिए दण्डहीनता मौलाउने जिकिर गरे । विभिन्न पेसा, व्यवसायमा संलग्नले सुरक्षित रूपमा काम गर्न पाउने अधिकार सुनिश्चितता गर्न उनले माग गरे । उनले नाफा आर्जन गर्नु नै अपराधका रूपमा चित्रित हुनु दुःखद भएको बताए ।
अध्यक्ष ढकालले निजी क्षेत्रले देशमा ठूलो रोजगारी सिर्जना गरेको तर यसमाथि नै हमला हुनु दुःखको विषय भएको उल्लेख गरे ।