काठमाडौं । नेपालका लागि इन्टेलिजेन्ट र फ्युचरिस्टिक इभी ब्राण्ड दिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयुभी ‘दिपल एस ०७’ को अपग्रेडेड संस्करण ‘दिपल एस ०७ आईसीए’ नेपाली बजारमा भव्य रूपमा सार्वजनिक गरेको छ। लक्जरी र अत्याधुनिक प्रविधिको संयोजन भएको यो इभीले नेपाली इभी बजारमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ। सार्वजनिक समारोहमा प्रस्तुत गरिएको जानकारीअनुसार यो गाडीमा प्रयोग गरिएको ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्रीले ४१० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिनेछ।
दिपल एस ०७ आईसीए नयाँ डिजाइन र रंग विकल्पहरूसहित प्रस्तुत गरिएको छ, जसमा विशेषगरी ‘नेबुला ब्लु’ रंग र एलोइ ह्विल डिजाइनले यसको दृश्यात्मक आकर्षणलाई अझै निखारेको छ। कम्पनीका अनुसार नेपालमा सार्वजनिक भएको १८ महिनामै ९५० वटा दिपल एस ०७ गाडीहरू सडकमा गुडिरहेका छन्, जसले यस सेग्मेन्टमा करिब ६० प्रतिशत बजार हिस्सा ओगटेको छ। यसले नेपाली ग्राहकहरूबीच दिपलप्रतिको विश्वास र आकर्षण स्पष्ट झल्काउँछ।
नयाँ एस ०७ आईसीए अत्याधुनिक प्रविधिले भरिपूर्ण छ। दिपल एपमार्फत गाडीका झ्यालहरू नियन्त्रण गर्न, एसी अन-ऑफ गर्न, चार्जिङ स्थिति हेर्न र लोकेसन ट्र्याक गर्न सकिने फिचर उपलब्ध छन्। त्यस्तै, ४जी/५जी हॉटस्पट, इन्टरनेट, एमेजन म्युजिक, स्पोटिफाई, स्मार्ट एप कनेक्टिभिटी र लाइभ नेभिगेसन जस्ता कनेक्टिभिटी फिचरहरूले प्रयोगकर्तालाई स्मार्ट र सहज ड्राइभिङ अनुभव प्रदान गर्छ।
यस गाडीमा समावेश ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, क्वालकम ८१५५ चिप, एल २.५ अटोनोमस ड्राइभिङ असिस्ट, जेस्चर कन्ट्रोल, १५.६ इन्चको टचस्क्रिन, फ्रेमलेस डोर र १.९ वर्गमिटरको पानोरामिक ग्लास रुफले गाडीलाई साँचो अर्थमा ‘लक्जरी इभी’ बनाएको छ। साथै, सार्वजनिक समारोहमा एमएडब्लु वृद्धिले ५ वर्षसम्म बीमा, मर्मत, रोड ट्याक्स र चार्जिङ खर्च नलाग्ने ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ योजना पनि सार्वजनिक गरेको छ, जसले नेपाली बजारमा यसको अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।