शिक्षकहरूले आज पनि आन्दोलन जारी राख्ने

  • मिति : बैशाख १६, २०८२
3.2K Shares

काठमाडौं ।  शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ।

महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन्।

बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गएराति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो।

वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको वार्तामा सहभागीहरुले बताएका छन्। सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितको टोलीले गरेको थियो।