काठमाडौं, ३ वैशाख । प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा यहाँ निधन भएको छ ।
तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी नेपाली कांग्रेसका नेता श्रेष्ठको मङ्गलबार राति निधन भएको हो ।
विसं २००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको सङ्घर्षमा उनले अग्रपङ्क्तिमा रहेर काम गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।