उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय, तीन करदाता सेवा कार्यालय र १० कर्मचारी सम्मानित

1.2K Shares
काठमाडौँ । आन्तरिक राजस्व विभागले उत्कृष्ट तीन आन्तरिक राजस्व कार्यालय र तीन करदाता सेवा कार्यालय र १० कर्मचारीलाई सम्मान गरेको छ । शनिवार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आर्थिक वर्ष २०८०–०८१ मा उत्कृष्ट काम गर्ने करदाता सेवा कार्यालयलाई सम्मान गरेको हो । यस अवसरमा आन्तरिक राजस्व कार्यालय भद्रपुर, आन्तरिक कार्यालय वानेश्वर र आन्तरिक राजस्व कार्यालय इटहरी सम्मानित भएका छन् ।यसैगरी उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय तौलिहवा, करदाता सेवा कार्यालय दिक्तेल खोटाङ र करदाता सेवा कार्यालय पुतली बजार स्याङ्जा छन् । यसैगरी तीन वर्षदेखि कर कार्यालयमा उत्कृष्ट कार्य गर्दै आएका १० कर्मचारीलाई सम्मान गरेको हो । यी उत्कृष्ट १० कर्मचारीहरू १.जीवनाथ ज्ञवाली, कर अधिकृत मध्यमस्तरीय कर कार्यालय २.धर्मबहादुर रोकाय, शाखा अधिकृत आन्तरिक राजस्व विभाग ३.सुवर्ण कोइराला, शाखा अधिकृत आन्तरिक राजस्व विभाग ४.कुन्त माया गुरुङ,शाखा अधिकृत, आन्तरिक राजस्व विभाग ५. सञ्जय सिंह, कम्प्युटर इन्जिनियर, आन्तरिक राजस्व विभाग ६.प्रेमप्रसाद तिमिल्सिना, कर अधिकृत आन्तरिक राजस्व कार्यालय हेटौडा ७. हेरम्वराज न्यौपाने, कर अधिकृत आन्तरिक राजस्व कार्यालय, कृष्णनगर ८. गंगाकुमारी हरिजन, नासु, कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, भैरहवा ९. रामप्रसाद रेग्मी, आन्तरिक राजस्व कार्यालय, बत्तिसपुतली १०. सञ्जय हाङ्खिङ, नासु, ठुला करदाता कार्यालय