उपेन्द्र यादव नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायम राख्ने

5.2K Shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन फिर्ता नलिने भएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डसँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका छन् ।

उनले आजै पार्टीका शीर्ष नेता तथा सांसदहरूसँग छलफल गर्ने भएका छन् । उनी जनसङ्ख्या सम्बन्धी एक कार्यक्रममा भाग लिन वैशाख १५ गते अमेरिका गएका थिए । अमेरिकाबाट कतार हुँदै उनी हिजो राती काठमाडौँ आइ पुगेका छन् ।

उनी आजै बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका थिए । उनी अमेरिकामा भएकै बेला वैशाख २२ गते अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजन भएको थियो । राईले निर्वाचन आयोगमा जसपा नामको पार्टी दर्ता गराई सकेका छन् । अशोक राई नेतृत्वको जसपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम रहने निर्णय गरिसकेको छ ।