डिभी २०२५ को नतिजा आज आउँदै ; यसरी सकिन्छ हेर्न

4.7K Shares

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

नतिजा https://dvprogram.state.gov मा गएर निशुल्क हेर्न सकिनेछ । दूतावासले आज राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर मा गई नतिजा हेर्न सक्ने जनाएको छ ।

दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ।

दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल पठाउँदैनन्।