बढ्यो सुनचाँदीको मुल्य

2K Shares

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ । मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर १ लाख ३६ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ६० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर १ हजार ६ सय ७० रूपैयाँ कायम भएको छ ।