प्रभु महालक्ष्मी लाइफका कर्मचारी अपहरण

4.1K Shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफका एक कर्मचारी अपहरणमा परेका छन् । प्रभु महालक्ष्मी लाइफकाे क्षेत्रीय प्रमुखको रुपमा कार्यरत लालबहादुर थापा धनुषाबाट अपहरणमा परेका हुन् ।

उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का लालबहादुर थापालाई अपहरण गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी प्रहरीले उनलाई उद्धार गरेको छ । सो क्रममा अपहरणमा संलग्न ५ जना पक्राउ परेका छन् । यस सम्बन्धि थप विवरण आउन बाकी छ।