विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वर्षमान पुन सोमबार अमेरिका जाने भएका छन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्व सम्मेलनमा सहभागी हुन उनी अमेरिका जान लागेका हुन् ।
उक्त बैठकमा मन्त्री पुनले दातृ निकायका अधिकारीहरु र राजनितिक भेटघाट समेत गर्ने कार्यक्रम तय भएको अर्थमन्त्रालयले जनाएको छ ।
नेपालले यही महिना अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दै छ । उक्त सम्मेलनको लागि समेत यो भ्रमण सहयोगी बन्ने अर्थ मन्त्रालयले जनाएको छ ।