ठूलो दलबाट मुख्यमन्त्री बन्ने पाण्डेको दाउ

5.1K Shares

पोखरा | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई उनले राजीनामा पत्र बुझाएका हुन् । फागुन २३ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । सत्ताको बागडोर जोगाउने पहलमा लागेका मुख्यमन्त्रीले ठूला दलको हैसियतमा सरकार बनाउने लक्ष्यका साथ राजीनामा दिएका हुन् ।

गण्डकी प्रदेशमा सत्ता जोगाउन निकै कसरत गरेका उनले बहुमत नपुगेपछि ठूलो दलको हैसियतमा सरकार बनाउने मार्गमा पुगेका हुन् । तर, पाण्डेलाई त्यो पनि सहज भने हुने छैन । राजीनामा बुझाएलगत्तै प्रदेश प्रमुखसँगको छलफलमा पाण्डेले परम्पराबमोजिम एक हप्ताभन्दा बढी समय नदिन आग्रह गरेका थिए । उनको आग्रहअनुरूप प्रदेश प्रमुखले अब चैत्र २७ गते दिउँसो ३ बजेभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको दाबी पेस गर्न आह्वान गरेका छन् ।