लम्जुङका सिडियो अधिकारी दुई महिनामै मन्त्रालय फिर्ता

4.5K Shares

काठमाडौँ । गृह मन्त्रालयबाट लम्जुङको सिडियो भएर गएका उपसचिव उमाकान्त अधिकारीलाई दुई महिनामै फिर्ता बोलाइएको छ ।

सुनको अवैध पैठारी तस्करीबारे अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा उनलाई मन्त्रालय तानिएको स्रोतले जनाएको छ।मन्त्रालयमा सूचना अधिकारीका रुपमा रहेका अधिकारी गत माघमा लम्जुङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका थिए ।

मन्त्रालयमा रहँदा सुन तस्करीमा संलग्न भनिएका व्यक्तिहरुसँग सम्पर्क रहेको भन्दै उनलाई सरुवा गरिएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए।

‘आयोगले दिएको प्रतिवेदन अनुसार उनलाई निगरानीमा राख्नु भनेकाले मन्त्रालय बोलाइएको हो’, स्रोतले भन्यो।