पुजिँबजार सुधारको कार्ययोजना पेश गरेकै दिनबाट एक्सन थाल्ने अर्थमन्त्रीको उद्घोष , अर्थतन्त्र चलायमान बनाउन् बजारमा पैसा पठाउने तयारी

3.2K Shares

काठमाडौ  । अर्थमन्त्रालयले एक पत्रमार्फत पूँजी बजारको विकासको लागि कार्ययोजना पेश गर्न तालुक अड्डालाई निर्देशन दिएको थियो । पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यसको विकास र विस्तारका लागि सरोकारवालसंग राय सुझाव लिएर एक हप्ताभित्र कार्ययोजना पेश गर्नलाई उक्त पत्रमा भनिएको थियो ।

धितोपत्र बोर्डका अनुसार आइतबार संयुक्त कार्ययोजना अर्थमन्त्रालयमा पेस गर्ने तयारी छ । अर्थमन्त्रीले कार्ययोजना पेश गरेकै दिनबाट पुजीँबजार सुधारको कार्यान्वनयनका लागी एक्सनमा उत्रिने जनाएका छन् । नयाँ सत्ता समीकरणमा माओवादीको भागमा अर्थमन्त्रालय परेपछि अर्थ मन्त्रालयमा अर्थमन्त्री बर्षमान पुन जिम्मेवारीमा आएका हुन् । अर्थमन्त्री माओबादीले लिने भएपछि उद्योगी व्यवसायी, घरजग्गा कारोबारी देखि पुजीँबजारका लगानीकर्ता शसंङ्कित बनेका थिए । यद्दपि अर्थमन्त्रालयमा कार्यभार थालेकै दिनबाट अर्थतन्त्रमा सकारात्मक सुधारका प्रयास गर्न थालनी गरेपछि सेयरबजारका लगानीकर्ता समेत आशावादी भएका हुन्। अर्थमन्त्रालयले अर्थतन्त्र चलायनमान बनाउन केही दिन भित्रै पूरक बजेट ल्याउने तयारी समेत गरेको छ । सरकारले जसरी भए पनि बजारमा पैसा पठाउने काम गर्नुपर्ने देखिएकाले पूरक बजेट ल्याएर अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय तयारीमा जुटेको हो ।