सुनको भाउ २ लाख ९२ हजार ८ सय पुग्यो, चाँदीको मूल्यमा गिरावट

  • मिति : अशोज २२, २०८३
565 Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ ।

बुधबार सुन दुई लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला चार हजार ४२५ रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले घटेर चार हजार ३९० रुपैयाँमा झरेको छ ।