कीर्तिपुर होल्डिङ सेन्टरबाट पक्राउ परेका सुकुम्बासी तामाङ १० हजार धरौटीमा रिहा

  • मिति : असार २३, २०८३
395 Shares

काठमाडौं । कीर्तिपुरको होल्डिङ सेन्टरबाट पक्राउ परेका डम्बरबहादुर तामाङ रिहा भएका छन् । सुकुमवासीको होल्डिङ सेन्टरमा बस्दै आएको तामाङले सरकारले ८ लाख र काठमाडौंमा जग्गा नदिए खुकुरी लिएर सिंहदरबार छिर्ने, हत्यासम्म गर्ने प्रकृतिको अभिव्यक्ति दिएपछि पक्राउ परेका थिए । जिल्ला प्रशासन कार्यालयले उनलाई १० हजार धरौटीमा रिहा गरेको हो ।