दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेला

  • मिति : असार १९, २०८३
480 Shares

काठमाडौँ : दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेला परेका छन् । राप्ती गाउँपालिका–६ माधगपुरस्थित तलाउमा सोही गाउँपालिका–६ मझेरिया बस्ने रामधनी चौधरीको शव भेटिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको शव शुक्रबार मृत अवस्थामा फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।