‘आ बाट आमा २’मा निकिता आचार्य अनुबन्धित

  • मिति : जेष्ठ १५, २०८३
752 Shares

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा निकिता आचार्य अनुबन्ध भएकी छन् । निर्माण पक्षले बिहीबार उनलाई फिल्मका लागि अनुबन्द गरेको हो ।

फिल्मका निर्देशक तथा निर्माता पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेको बताए । उनले भने, ‘हामीले निकितालाई फिल्मको एक मुख्य भूमिकामा अनुबन्ध गरेका छौँ ।’

निकिताले यस अघि केही फिल्ममा अभिनय गरिसकेकी छन् । आगामी असोज ३० गते अर्थात दशैंको फूलपातीबाट प्रदशर्नमा आउने यस फिल्ममा यसअघि पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावतका अलवा साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का अनुबन्धित भइसकेका छन् । यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ ।

नेपालमा यस फिल्मको वितरण भने आरआर फिल्मस्ले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । आर्या इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने यस फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् ।