नुवाकोट । शिवपुरी क्षेत्रका नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेससँग आबद्ध नवयुवाहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा समाहित भएका छन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनीहरूले एमालेको नीति, विचार, सिद्धान्त तथा राष्ट्रवादी अडानप्रति आफूहरू आकर्षित भएको बताएका छन्। साथै युवा उम्मेदवार बद्री मैनाली को विकाससम्बन्धी स्पष्ट भिजन, पारदर्शी सोच र मिलनसार कार्यशैलीले आफूहरूलाई प्रभावित पारेको उल्लेख गरे।
नवप्रवेशी युवाहरूले आगामी निर्वाचनमा एमालेको पक्षमा सक्रिय रूपमा परिचालन हुने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयस्तरमा युवाहरूको बढ्दो सहभागिताले शिवपुरी क्षेत्रमा एमालेप्रति आकर्षण र जनसमर्थन विस्तार हुँदै गएको देखिएको छ।