बालुबथानका स्थानीयको एकस्वर— देश निर्माणको नेतृत्व ओलीकै हातमा

  • मिति : माघ २७, २०८२
752 Shares

झापा । झापाको गौरादहस्थित बालुबथानका स्थानीयबासीले देश निर्माणको जिम्मेवारी केपी शर्मा ओली बाहेक अरूलाई दिन नसकिने बताएका छन्। मतदातासँगको भेटघाटका क्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली बालुबथान पुग्दा स्थानीयले विगतमा भएका विकास कार्यले नै ओलीको नेतृत्व क्षमतामा पूर्ण विश्वास पैदा भएको प्रतिक्रिया दिएका हुन्।

स्थानीयका अनुसार, तीन दशकभन्दा लामो समयदेखि क्षेत्रको विकासमा सक्रिय रहँदै आएका ओलीकै पहलमा बाटो, बिजुली, खानेपानीलगायत आधारभूत पूर्वाधार विस्तार सम्भव भएको हो। पहिले सुविधाविहीन रहेका बस्तीहरूमा अहिले विकासका अनुभूत परिणाम देखिन थालेको उनीहरूको भनाइ छ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका ओली पछिल्ला केही दिनदेखि मतदातासँग प्रत्यक्ष भेटघाटमा सक्रिय छन्। स्थानीयबासीले यसपटक पनि ओलीलाई विजयी गराएर संसद् पठाउन आफूहरू उत्साहित रहेको जनाएका छन्।