सुनको मूल्य आज पनि बढ्यो, फेरि ऐतिहासिक रेकर्ड

  • मिति : माघ ६, २०८२
4K Shares

काठमाडौँ । सुनको मूल्यले आज पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तोकेको मूल्य अनुसार आज सुन प्रतितोला २७०० रुपैयाँले बढेर २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको हो ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदी पनि आज प्रतितोला ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यो मूल्य ५ हजार ८१० रुपैयाँ रहेको थियो ।