बालेनलाई लक्षित गर्दै सिके राउतको टिप्पणी– मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौँ

  • मिति : माघ ५, २०८२
3.6K Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन)प्रति लक्षित गर्दै महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिन्न आग्रह गरेका छन् ।

सोमबार बिहानले सामाजिक सञ्जालमा लेख्दै राउतले मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिन्न आग्रह गरेका हुन् ।

राउतले मधेशीलाई काठमाडौंबाट भगाउनेभन्दा मधेशीलाई काठमाडौंमा बचाउने र आत्मसम्मान दिलाउने महत्त्वपूर्ण भएको उल्लखे गरेका छन् ।

‘नाजी प्रहरीजस्तै महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउने मधेश विरोधी, पहिचान विरोधी, संघीयता विरोधी र स्वायत्तता विरोधीहरूलाई समयमा चिनौँ, समयमा सचेत होऔँ । जय मधेश, जय स्वराज ।’ राउतले लेखेका छन् ।