काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भदौ २३–२४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत कार्यमा सहयोग गर्न नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँको योगदान गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।
बिहीबार अर्थ मन्त्रालयमा पुगी कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले २० लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । अर्थमन्त्रीले कम्पनीको योगदानका लागि धन्यवाद ज्ञापन समेत गरेका छन् ।