महासचिवमा शंकर पोखरेलले बढाए अग्रता

  • मिति : पुस ३, २०८२
2.9K Shares

काठमाडौँ : नेकपा एमालेको नेतृत्व चयनमा भएको मतदानको प्रारम्भिक परिणाम आएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार महासचिवका उम्मेदवार शंकर पोखरेलले अग्रता बढाएका छन् ।

उनले २४९ मत ल्याएका छन् । महासचिवमा अर्का प्रत्यासी सुरेन्द्र पाण्डेले १९४ मत ल्याएका छन् । हालसम्म ४४३ मतगणना गरिएको छ ।