काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न गरेको छ। सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिलाई स्वीकृत गरेको छ।
उक्त लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहने छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न सभाले विशेष प्रस्तावमार्फत चुक्ता पूँजी रु ९ अर्ब ३ लाख ८८ हजार ७६७.११ रुपैयाँ पुर्याउने निर्णय गरेको छ। साथै, प्रबन्धपत्र संशोधन गरी भविष्यमा बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने सम्बन्धी प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गरिएको छ।
साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षकको नियुक्ति लगायतका अन्य सामान्य प्रस्तावहरू पनि पारित गरेको छ।
सभामा स्वागत मन्तव्य सञ्चालक समितिका सदस्य भरत प्रसाद लम्सालले प्रस्तुत गरे भने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र भावी रणनीति बारे विस्तृत जानकारी दिए। वार्षिक प्रतिवेदनमाथि सेयरधनीहरूले आ-आफ्ना सुझाव र जिज्ञासाहरू पनि राखेका थिए।
मुक्तिनाथ विकास बैंकले सेयरधनीमैत्री नीति, सतत विस्तार, र प्रविधिमैत्री वित्तीय सेवाहरूलाई आफ्नो मुख्य प्राथमिकतामा राख्दै आएको छ।