भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर

1.9K Shares

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजना यस प्रतियोगिता आगामी भदौ १३–१६ गते रोयल स्पोर्ट्स पार्क, चुनिखेल, बूढानीलकण्ठमा हुनेछ।

प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, प्रभु बैंक लगायत २० कर्पोरेट टिम सहभागी हुनेछन्।

भायानेट हाल घरायसी इन्टरनेटमा मात्र नभई कर्पोरेट क्षेत्रमा पनि विश्वासिलो सेवा प्रदायकको रूपमा स्थापित भइसकेको छ। कम्पनीले होटल, बैंक, उद्योग, सेवा र शैक्षिक संस्थालाई कनेक्टिभिटी र आइटी सोलुसन प्रदान गर्दै आएको छ।

भायानेटका उपाध्यक्ष शहिन श्रेष्ठले भने, “हामी ‘Beyond Connectivity’ दृष्टिकोणका साथ कर्पोरेट क्षेत्रसँग सम्बन्ध अझ घनिष्ठ बनाउन कर्पोरेट क्रिकेट लिगमा टाइटल स्पोन्सर बनेका हौँ। खेलकुदले सम्बन्ध बलियो बनाउन ठूलो भूमिका खेल्छ।”

यस पहलमार्फत भायानेटले आफ्ना प्रमुख पार्टनरहरूसँग प्रत्यक्ष अन्तरक्रिया र नेटवर्क विस्तार गर्ने लक्ष्य राखेको छ।