कोष व्यवस्थापन कम्पनी लिमिटेडमा सुसिल हुमागाईं नयाँ अध्यक्ष नियुक्त

1.9K Shares

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सहायक संस्था कोष व्यवस्थापन कम्पनी लिमिटेड (Fund Management Company Limited) ले नयाँ अध्यक्षको रूपमा सुसिल हुमागाईंलाई नियुक्त गरेको छ। कम्पनीको संचालकका रूपमा पूर्व अनुभव हासिल गरिसकेका हुमागाईं हाल कृषि विकास बैंक लिमिटेडमा उप-महाप्रबन्धकको जिम्मेवारीमा कार्यरत छन्।

साथै, सोही अवसरमा कृषि विकास बैंकमै विभागीय प्रमुखका रूपमा कार्यरत वासु अधिकारीलाई कम्पनीको नयाँ संचालक पदमा नियुक्त गरिएको छ। दुवै नियुक्तिलाई कम्पनीको भावी योजना र नेतृत्व सुदृढीकरणका दृष्टिले महत्वपूर्ण कदमका रूपमा लिइएको छ। कम्पनीले दीर्घकालीन रणनीतिक लक्ष्यलाई सार्थक बनाउने विश्वास गरिएको छ।

नयाँ नेतृत्वसँगै कोष व्यवस्थापन कम्पनी लिमिटेडले संस्थागत सुदृढीकरण, लगानी व्यवस्थापन क्षमताको विस्तार तथा रणनीतिक विकासमा थप उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ। कम्पनीको भविष्यमा अग्रगमन सुनिश्चित गर्न नेतृत्वद्वयले दक्षता, नवप्रवर्तन र उत्तरदायित्वमा केन्द्रित रहने बताएका छन्।

कार्यक्रममा निवर्तमान अध्यक्ष मिनराज पोखरेललाई संस्थामा पु¥याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा कम्पनीका उच्च पदस्थ कर्मचारी, कृषि विकास बैंकका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।