पैदल हिँडेर काठमाडौं आइपुगेका नवराजले भेटे प्रचण्डलाई

  • मिति : असार ९, २०८२
1.2K Shares

काठमाडौं, ९ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुगेका नवराज बोहराले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटका छन् ।

आज बिहान बोहोराले प्रचण्डसँग भेट गर्दै वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्न आग्रह गरे ।

प्रचण्डले बोहराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पारे ।

उनले बोहराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिए । यसअघि हिजो बोहोराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।