सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढ्यो

  • मिति : फाल्गुन २८, २०८१
1.8K Shares

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ७० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर २ हजार रूपैयाँ कायम भएको छ ।