तोलामा ७०० रुपैयाँ बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

  • मिति : फाल्गुन ६, २०८१
1.3K Shares

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैबीच मंगलबार स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको छ ।