प्रमोद साहले छाडे जसपा नेपाल

1.8K Shares

सर्लाही : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता प्रमोद साहले पार्टी परित्याग गरेका छन्। सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित पूर्व प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले बिहीबार बिहान प्रेस विज्ञप्ती जारी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। ०७४ सालको निर्वाचनमा साह सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी (राजपा)बाट विजयी भएका थिए।

साहले गएको असारमा सम्पन्न पार्टीको महाधिवेशनमा पार्टीको सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका थिए। तर त्यतिबेला अध्यक्ष उपेन्द्र यादवले निर्वाचन नै नगराई आफूखुसी पदाधिकारी नियुक्त गरेको र आफूले जिम्मेवारी नपाएको गुनासो उनले गरेका छन्।

पदाधिकारी तथा कार्यकारिणी सदस्य नियुक्त गर्दा सर्लाही जिल्लालाई नसमेटिएको र जिल्लाका नेताहरुलाई जिम्मेवारी दिन केन्द्रीय अध्यक्ष, प्रदेश अध्यक्ष, इन्चार्जलगायतलाई बारम्बार भन्दा पनि सुनुवाई नभएकाे उनले बताएका छन्। विज्ञप्तिमा उनले आफू अब पार्टीको साधारणसदस्य समेत नरहेको उल्लेख गरेका छन्।