काठमाडौं । हाईलाईफ एग्रो एण्ड फुड्स इन्डष्ट्रीज लिमिटेडले सर्वसाधारणको लागि १८ करोड बराबरको आईपिओ निष्कासन गर्ने भएको छ । आइतबार होटेल लेमन ट्रीमा ९ औ साधारणसभाले आइपिओ निष्कासन गर्ने निर्णय पारित गरेको हो ।
लिमिटेडको १ अर्व पुजीलाई वृद्धि गरि १ अर्व ५० करोड पुर्याउने लक्ष्य राखिएको छ । शेयरलाई बिभाजन गरि रु ५० को बनाउने, १२ प्रतिशत शेयर सर्वसाधारणलाई आईपियो मार्फत बिक्रि गर्ने र त्यसैको ५ प्रतिशत कर्मचारीलाई कोटा राख्ने जनाएको छ ।