रविलाई पक्राउ गर्ने सरकारको रणनीति छ : अध्यक्ष दाहाल

906 Shares

काठमाडौँ ।   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको बताएका छन्।शुक्रबार विपक्षी दलहरुको बैठकमा दाहालले प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको बताएका हुन्।

बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकारण पक्राउ गर्ने रणनीतिमा रहेको उनले बताए। यदि सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने पनि विपक्षी दलहरुले निर्णय गरेका छन्।